Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

राष्ट्र बैंकद्वारा बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने, आजै बोलकबोल

राष्ट्र बैंकद्वारा बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने, आजै बोलकबोल

काठमाडाैं, २५ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज (बुधबार) पनि बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्न लागेको हो।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। केन्द्रीय बैंकले असार २५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुने बताएको छ।

केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ। निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।

संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले असार महिना लागेसँगै यो आठौँ पटक निक्षेप संकलन गर्न लागेको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *