Date

बिहि, असार २६, २०८२
Thu, July 10, 2025

प्रतिनिधि सभाको बैठक आज: विभिन्न विधेयक र समितिका प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक आज: विभिन्न विधेयक र समितिका प्रतिवेदनमाथि छलफल हुने

काठमाडाैं, २५ असार । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र समितिका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको प्रतिनिधि सभा बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०-८१) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुदीले ‘बालबालिका (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग गर्ने प्रस्ताव पेश गर्नुहुनेछ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी गराएअनुसार, मन्त्री सुदीले आजै ‘बालबालिका (पहिलो संशोधन) विधेयक, २०८२’ लाई बैठकमा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूूमिसम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यस विधेयकमा प्राप्त संशोधनहरू निर्णयका लागि प्रस्तुत गरिने बुझिएको छ। मन्त्री अधिकारीले आजको बैठकबाट सो विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि बताइएको छ।

कार्यसूचीअनुसार, सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट पुनरावलोकन भई आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन विधेयक’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *