Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ३८ पुग्यो

उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं, ४ साउन । उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ ।

उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।

क्वाङ निन्ह प्रान्तका स्थानीय अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरेका थिए । अहिलेसम्म १२ जनालाई जिवितै उद्धार गरिएको छ भने खोज र उद्धार प्रयास जारी रहेको छ । (सीसीटिभि)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *