Date

आइत, भदौ २२, २०८२
Sun, September 7, 2025

२९ सयमाथि टिक्न सकेन सेयर बजार, साढे २१ अर्बको कारोबार

२९ सयमाथि टिक्न सकेन सेयर बजार, साढे २१ अर्बको कारोबार

काठमाडौं,४ साउन । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको थियो । त्यसपछि बिक्री चाप बढ्यो ।

अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भयो । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा भने बजार अघिल्लो दिनको तुलनामा २.८७ अंक घटेर २८६७ अंकमा झरेको थियो । भारित औसत मूल्य समायोजनपछि अघिल्लो दिनको तुलनामा नेप्से जम्मा ०.३२ अंक मात्रै बढेको हो ।

बजारको उतारचढाव ठूलो हुँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १६ अर्ब ५९ करोडको कारोबार भएककोमा आज २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो । आजको कारोबार रकम ११ महिना (२ भदौ)यताकै उच्च हो । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो । फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत घटे । अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत बढे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् । सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८, नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत मूल्य बढ्यो ।

समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.८८ प्रतिशत घट्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ४.६१, पन्चकन्या माइ हाइड्रोपावरको ४.५१ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

बजारको पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *