Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

होटल सिराइचुली लिमिटेडले शेयर निष्काशन प्रक्रिया सुरु गर्ने

होटल सिराइचुली लिमिटेडले शेयर निष्काशन प्रक्रिया सुरु गर्ने

काठमाडाैं, ७ साउन । होटल सिराइचुली लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी दिनमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आफ्नो शेयर निष्काशन प्रक्रिया सुरु गर्ने योजना बनाएको हो। यस कार्यका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन र बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा स्थित होटल सिराइचुली एक आधुनिक चार तारे होटल हो, जसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायत अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ, जसले यसलाई पर्यटकीय आकर्षणको केन्द्र बनाएको छ।

आज भएको सम्झौतामा होटल सिराइचुली लिमिटेडका अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। सम्झौतामा कम्पनीका प्रबन्ध संचालक विष्णु कुँवर र संचालक बाबुराम उपाध्यायको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको जानकारी कम्पनीले दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *