यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ६१ पैसा र बिक्रीदर ९१ रुपियाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०८ रुपियाँ २३ पैसा, युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा र बिक्रीदर १६२ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६६ पैसा र बिक्रीदर १८६ रुपियाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ २१ पैसा र बिक्रीदर १७३ रुपियाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४८ पैसा र बिक्रीदर १४ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६७ पैसा र बिक्रीदर २१ रुपियाँ ७७ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा कायम गरिएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा तोकिएको छ ।
त्यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६० रुपियाँ ३३ पैसा रहेको छ ।