Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ – डेपुटी गभर्नर ढुंगाना

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ – डेपुटी गभर्नर ढुंगाना

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् ।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको समेत बताइन् । उनले भनिन्,‘अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् । अहिले ब्याजदर पनि न्यून छ । ब्याजदर न्यून रहेको समयमा अहिले लगानीका लागि उपयुक्त समय पनि हो ।’

बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेकाले त्यसको सदुपयोग गरेर अघि बढ्न उनले सुझाव पनि दिइन् । राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ पनि राष्ट्र बैंकले सोच्ने भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने उनले स्पष्ट पारिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *