बैंकिङ क्षेत्रलाई संस्थागत सुशासन, कर्पोरेट कल्चर, स्किम, प्रविधिसँग जोड्नुपर्छ – नरबहादुर थापा

काठमाडौं, ११ साउन। अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा उनले यस्तो बताएका हुन् । संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम (स्किम), प्रविधि र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रलाई कसरी जोड्ने जस्ता विषयमा बहस गर्नुपर्ने उनले स्पष्ट पारे ।
थापाले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको बताए । आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे स्पष्ट पारे ।