Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

भृकुटीमण्डपमा जारी हस्तकला व्यापार मेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता

भृकुटीमण्डपमा जारी हस्तकला व्यापार मेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता

काठमाडौं, ३ मंसिर । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले आयोजना गरेको १५औं हस्तकला व्यापार मेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । शुक्रबारदेखि काठमाडौंको भृकुटीमन्डपमा जारी प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

दोसो दिन शनिबारमात्र करिब २५ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको एवं प्रत्यक्ष र परोक्ष गरी करिब एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महासंघले जनाएको छ । आज पनि मेला अवलोकन तथा खरिदका लागि सर्वसाधारणको निकै भिड लागेको छ । हस्तकला मेला नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशमा प्रचार–प्रसार गर्न हरेक वर्ष गरिँदै आएको छ । यो मेलामा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी पनि भइरहेको छ ।

मेलाम ास्वदेश तथा विदेशमा नेपाली हस्तकलाका सामग्री झन्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको महासंघले जनाएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती, ढाका, जडिबुटी, अर्थोडक्स, चिया, पस्मिना, हातेकागज, प्राकृतिक रेसा, बाँसजन्य सामानका १० वटा प्याभिलिएन सहित २०० स्टल रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x