नेपालमा पहिलो अन्तराष्ट्रिय हस्तकला सम्मेलन सम्पन्न
काठ्माण्डौं, १७ भदौ । नेपालमा नै पहिलो पटक विश्व कला परिषद् द्धारा संचालन भएको २ दिने ३७ औँ अन्तराष्ट्रिय हस्तकला सम्मेलन सम्पन्न भएको छ ।
भदौ १४ गतेबाट १६ गते सम्म संचालिन उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका करिब ४५ देशबाट भन्डै १ सय जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सो सम्मेलनमा सहभागी मुलुकका कलकारहरुले आ–आफ्नो देशको कला संस्कृतिहरु झल्किने हस्तकला र वस्तुकताका सामाग्रीहरुको प्रदर्शनमा राखेका थिए ।
भारत, चीन, कुवेत, बंगलादेश, काजकस्तान, ओमान, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलंका, इण्डोनेसिया, थाइल्याण्ड आदि मुलुकहरुबाट सहभागी कलकारहरुले जनावरका हाड, पंक्षीका प्वाख, भेँडाका ऊनबाट बनाइएको विभिन्न कपडा, काठबाट बनाइएका मूर्ति, माटोबाट सजाइएका सेरामिक्सका सामानहरुको प्रदर्शन गरेका थिए भने नेपालको तर्फबाट स्थानिय स्तरमा उत्पादित वस्तुहरु द्धारा निर्मत नेपाली कला संस्कृति झल्किने हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी गरीएको थियो । २ दिन सम्म संचालीत उक्त सम्मेलनमा करिब १० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।
सन् १९६४ मा स्थापना भएको विश्वकला परिषद्ले नेपालमा पहिलो पटक सम्मेलन गरेको हो । नेपाल हस्तकला महासंघ झण्डै ३० वर्ष अघि देखि विश्व कला परिषदको नेशनल इन्टीटी सदस्यको रुपमा रहि आएको छ ।