Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

कांग्रेसका शीर्ष नेता बूढानीलकण्ठमा, राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय हुँदै

कांग्रेसका शीर्ष नेता बूढानीलकण्ठमा, राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय हुँदै

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चयन गर्नेबारे छलफल हुनेछ । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन् ।

हिजो पनि शीर्ष नेताहरूको बैठक बसेको भएपनि समितिको सभापतिमा सहमति जुट्न सकेको थिएन । समितिको सभापतिमा दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईँ र अम्बिका बस्नेतको नाम चर्चा छ । समितिको सभापति निर्वाचनका लागि आज १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *