Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

“स्वास्थ्य मन्त्री पौडेल : नारायणी अस्पतालमा झाडापखाला–होलेरा उपचार निःशुल्क हुने”

“स्वास्थ्य मन्त्री पौडेल : नारायणी अस्पतालमा झाडापखाला–होलेरा उपचार निःशुल्क हुने”

काठमाडाैं, १० भदाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा झाडापखाला र हैजा (होलेरा) रोगका बिरामीलाई निःशुल्क उपचार र औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

बिरगञ्ज आसपासमा फैलिएको झाडापखाला र होलेराको अवस्थाबारे स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री पौडेलले अस्पताल व्यवस्थापनलाई उपचार सेवामा कुनै शुल्क नलिन र आवश्यक सबै औषधि निःशुल्क उपलब्ध गराउन निर्देशन दिए ।

“डब्ल्यूएचओको प्रोटोकलअनुसारका औषधि पर्याप्त छन् भने त्यसैलाई प्रयोग गर्न सकिन्छ, तर जरुरत परेमा अतिरिक्त औषधि पनि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्छ,” मन्त्री पौडेलले भने।

निरीक्षणका क्रममा मन्त्री पौडेलले अस्पतालका स्वास्थ्य सेवा तथा बिरामीहरूको गुनासोबारे जानकारी लिए । बिरामीहरूले केही औषधि आफैं किन्नुपर्ने बाध्यता रहेको बताएपछि उनले तुरुन्तै अस्पताल व्यवस्थापनलाई आवश्यक कदम चाल्न निर्देशन दिए । साथै, झाडापखाला–होलेरासम्बन्धी कुनै पनि परीक्षण गर्दा बिरामीसँग शुल्क नलिन पनि उनले स्पष्ट निर्देशन दिए।

मन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वय गरेर औषधि आपूर्ति गर्नेसहित स्वास्थ्यकर्मी र स्रोतको अभाव हुन नदिने आश्वासन दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासका अनुसार हालसम्म कुल ४८ जना बिरामी यी जलजन्य संक्रामक रोगका कारण अस्पतालमा उपचाररत छन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *