जेनजी प्रदर्शनकारी संसद भवनमा प्रवेश, प्रहरीले अश्रुग्याँस प्रहार

काठमाडाैं, २३ भदाै । जेनजी प्रदर्शनकारीहरूले संघीय संसद् भवनको गेट तोड्दै भवनभित्र प्रवेश गरेका छन्। प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर संसद भवनको पर्खाल चढेर भित्र प्रवेश गर्न सफल भएका हुन्।
स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर गर्ने प्रयास गरिरहेको छ।