Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

जेनजी आन्दोलनले विमानस्थल बन्द, उडान प्रभावित

जेनजी आन्दोलनले विमानस्थल बन्द, उडान प्रभावित

काठमाडाैं, २५ भदाै । जेनजी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दिउँसो साढे २ बजेदेखि बन्द गरिएको छ। विमानस्थलको सेवा बुधबार दिउँसो १२ बजेसम्म बन्द रहने भएको छ, जसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा ठूलो प्रभाव पारेको छ।

विमानस्थल बन्द हुँदा यात्रुहरू मर्कामा परेका छन्। बुद्ध एयरसहितका प्रमुख आन्तरिक वायुसेवा कम्पनीहरूले प्रभावित यात्रुसँग माफी माग्दै टिकटको रकम फिर्ता गर्ने जानकारी दिएका छन्। त्यस्तै, वायुसेवा सञ्चालक संघले पनि उडान गर्न नपाएका यात्रुलाई सम्बन्धित कम्पनीमार्फत पैसा फिर्ता लिन सकिने जनाएको छ।

विमानस्थल सेवा कहिले सुचारु हुन्छ भन्ने विषयमा भने परिस्थितिको मूल्याङ्कनपछि मात्र निर्णय हुने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *