सागर डिष्टिलरीको आईपीओ निष्काशन रोकियो

काठमाडाैं, २५ भदाै । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणमा ल्याउन लागेको आईपीओ स्थगित भएको छ।
बुधबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक सूचना जारी गर्दै हाल देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना नआएसम्मका लागि रोकिएको जानकारी दिएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको थियो। तर, परिस्थितिलाई ध्यानमा राख्दै तत्कालका लागि उक्त प्रक्रिया अघि नबढाइने भएको छ।
निष्काशन कहिले पुनः सुचारु हुने भन्नेबारे भने पछि जानकारी गराइने मुक्तिनाथ क्यापिटलले जनाएको छ।