Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

चीनले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दियो

चीनले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दियो

काठमाडाैं, २९ भदाै । नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई दिएको छ। चीनले नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दै दुविपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन काम गर्न तयार रहेको जनाएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा कार्कीलाई प्रधानमन्त्री पदको शपथ लिएपछि बधाई दिंदै भने, “चीन र नेपालबीच लामो समयदेखिको मित्रता छ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदान–प्रदान र सहयोग बढाउन नेपालसँग काम गर्न तयार छौँ।”

यो बधाईसँगै दुई देशबीचको पारंपरिक मित्रता र सहयोगको महत्व पुनः पुष्टि भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *