Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

अमेरिकी सहयोग जारी रहनेछ : विदेशसचिव रबियो

अमेरिकी सहयोग जारी रहनेछ : विदेशसचिव रबियो

काठमाडाैं, ३ भदाै । संयुक्त राज्य अमेरिकाका विदेशसचिव मार्को रबियोले संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई दिएका छन्। अमेरिकी सरकारको तर्फबाट जारी गरिएको वक्तव्यमा उनले नेपालका लोकतान्त्रिक प्रक्रियाप्रति अमेरिकाको समर्थन पुनः पुष्टि गरेका छन्।

रबियोले आगामी निर्वाचनको तयारीका क्रममा संविधान पालनामा पूर्ण पारदर्शी सरकारको आवश्यकतामा जोड दिएका छन्। साथै, हालैका आन्दोलनका क्रममा भएको मानव क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

उनले भने, “नेपाली जनता आर्थिक विकास, क्षेत्रीय सुरक्षा र समृद्ध भविष्यको हकदार छन्।”

रबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कर्प्याक्टमार्फत नेपालको यातायात र ऊर्जा पूर्वाधार विस्तार, रोजगार सिर्जना, दीर्घकालीन आर्थिक वृद्धि र अमेरिकी–नेपाली सम्बन्ध मजबुत हुने उल्लेख गरेका छन्। यसले अमेरिकी व्यवसायका लागि अवसर पनि खोल्ने बताए।

अन्तमा, उनले दक्षिण एसियामा स्थिरता र विश्वलाई सुरक्षित बनाउने उद्देश्यका लागि अमेरिका र नेपालबीचको नजिकको सहकार्य जारी रहने वाचा पनि गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *