Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत विधि हटायो

नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत विधि हटायो

काठमाडाैं, ५ असाेज । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाउने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले उक्त प्रणाली स्थगित गर्न पत्र पठाएपछि मंगलबारदेखि यो व्यवस्था लागू नहुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।

भोलि घटस्थापनाको सार्वजनिक बिदाका कारण बजार बन्द रहनेछ। त्यसपछि मंगलबारदेखि सूचक गणना अब केवल अन्तिम कारोबार मूल्यका आधारमा हुने नेप्सेले स्पष्ट पारेको छ।

गत चैत ७ गतेबाट लागू गरिएको यो प्रणालीमा दिउँसो २:४५ बजेदेखि ३ बजेसम्मको कारोबार मूल्यलाई आधार मानी भारित औसत निकालिन्थ्यो। तर, यसको प्रयोगसँगै बजारमा अनावश्यक उतारचढाव बढेको भन्दै लगानीकर्ताहरूले लगातार आलोचना गर्दै आएका थिए।

लगानीकर्ताले बजारको स्थिरता प्रभावित भएको र मूल्य कृत्रिम रूपमा उतारचढाव भएको गुनासो गरेका थिए। ब्रोकरहरूले पनि नेप्सेको प्राविधिक प्रणाली पर्याप्त अटोमेटेड र स्तरीय नभएकाले त्रुटि देखिएको बताउँदै यो विधि हटाउनुपर्ने माग गर्दै आएका थिए।

नेप्सेले भारित औसत गणना विधि हटाएपछि अब बजार सूचकहरू अन्तिम कारोबार मूल्यमा मात्रै आधारित हुनेछन्, जसले कारोबारलाई सरल र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *