चार नयाँ मन्त्रीले शपथ ग्रहण गरे
काठमाडाैं, ६ असाेज । नवनियुक्त चार मन्त्रीहरूले आज शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हो।
शपथ ग्रहण गर्ने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, र विज्ञ मदन परियार रहेका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्।



