बाढी–पहिरोले अवरुद्धराजमार्गको अवस्था के छ ?कुन–कुनखुले, कुनछन् बाँकी?

काठमाडौं, ९ असोज । बाढी–पहिरोका कारणअवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्धभएका केहीसडक सञ्चालनमाआइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् ।पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमाआएको छ ।
पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोलापहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गामुग्लिङ सडक योजनाले जानकारी दिएको हो । गएराति जवाङखोलालगायतका स्थानमापहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्पभएको थियो ।
त्यस्तै काठमाडौँ उपत्यकालाई देशकाविभिन्नस्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढसडकखण्ड पूर्ण रुपमाअवरुद्ध छ । तुइनखोलामा आज पनिपहिरो पन्छाउनेक्रम जारी नै रहेको सड्क विभाका प्रवक्ता प्रभात झा ले जानकारी दिएका छन् । हिजो साँझपानी परेकाले पहिरो पन्छाउने काम रोकिएपनि आजबिहानैबाट पहिरो पन्छाउने काम सुरु भइसकेको उनले जानकारी दिएका छन् ।
बुधबार रातीठुलो पानी परे पनीथपपहिरो झरेको छैन् । तर पहिरो पन्छाएरबाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै शहिदमार्गमा भने सहज रुपमा यातायात संचालन भइरहेको छ ।