Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं, २३ असोज । सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।

४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो।

११ : ०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ । यतिबेलासम्म २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

२१३ कम्पनीको मूल्य बढ्दा ३ को घटेको छ भने ३ को स्थिर छ । लगानी तथा व्यापार ५ प्रतिशत बढेका छन् । बैंकिङ र विकास बैंक ४ प्रतिशत बढेका छन् । यीबाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।

शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी र नेपाल पुनर्बीमा धेरै कारोबार भएका कम्पनीमा क्रमश देखिएका छन् ।
हाथवे इन्भेस्टमेन्ट, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *