Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

सुरुवातमा १०२ अंक बढेको सेयर २२.५९ अंकले बढेर २५८२ अंकमा बन्द

सुरुवातमा १०२ अंक बढेको सेयर २२.५९ अंकले बढेर २५८२ अंकमा बन्द

काठमाडौं, २३ असोज । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।

त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।

दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशत घट्यो । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशत बढे ।

विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ५.५४, कर्पोरेट डेभलपमेन्६ बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशत घट्यो । भूगोल इनर्जीको ५.४३, आत्मनिर्भर लघुवित्तको ३.३७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *