Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

सुनको मूल्यमा ४८०० रूपैयाँको भारी गिरावट, चाँदी पनि सस्तो

सुनको मूल्यमा ४८०० रूपैयाँको भारी गिरावट, चाँदी पनि सस्तो

काठमाडाैं, २ कार्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। लगातार बढ्दै शुक्रबार इतिहासकै उच्च मूल्यमा पुगेको सुन आइतबार प्रतितोला ४ हजार ८ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल (हल्यामार्क) सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रूपैयाँ निर्धारण गरिएको छ। शुक्रबार भने सो मूल्य प्रतितोला २ लाख ५८ हजार रूपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो।

यससँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। शुक्रबार प्रतितोला ३ हजार ३५० रूपैयाँमा कारोवार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रूपैयाँमा झरेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *