५ अर्ब लगानीमा तयार गरिएको छायाँ सेन्टर संचालनमा

काठमाडौं, १० पुस । काठमाडौंको पर्यटकिय बजार ठमेल बजारमा छाँया सेन्टर संचालनमा आएको छ । ठमेलमा १४ रोपनी क्षेत्रफल फैलिएको सो बजार संरचनालाई ठमेलभित्रको ‘मिनीठमेल’को रुपमा विकास गर्ने लक्ष्य सहित मंगलबारबाट औपचारीक रुपमा संचालनमा ल्याईएको हो । ठमेल क्षेत्र भित्र रहेको सबै किसिमका सेवाहरु उपलव्ध हुने उक्त छाँया सेन्टरको उद्घाटन सांसद योगेस भट्टराईले गरेका हुन् […]

रिचार्जर एपले ल्यायो क्रिसमस क्याप अफरहरु

काठमाडौं, ७ पुस । नेपालको व्यापार सेवालाई प्रविधि मैत्री बनाउने लक्ष्यका साथ सेवा सुरु गरेको रिचार्जर एपको नयाँ भर्सन अपडेट भएको छ । सबैभन्दा बढि सेवा समेटिएको रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ […]

निक इलेक्ट्रो टेक २०१८ शुरु

काठमाडौं, ६ पुस । इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण ‘निक इलेक्ट्रो टेक २०१८ शुरु भएको छ । विद्यतु तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको उक्त मेला पुस १० गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी […]

नेपालमा ठूला दरका भारु प्रतिबन्धले भारतमा खैलाबैला

काठमाडौं । नेपालले एक सय माथिका ठूला दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि भारतमै मोदी सरकारको चर्को आलोचना भएको छ । प्रतिबन्ध लगाउनुअघि पनि नेपालमा ठूला दरका भारु नोट स्वीकार गरिदैंनथ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा ठूला दरका भारु नोटको विनिमय सम्झौता भई नेपाली या भारतीयले नेपालमा आउँदा २५ हजार भारुसम्म नगद बोक्ने […]

आजदेखि मन्ट्रियाल महासन्धि लागू, ६० वर्षपछि बढ्यो विदेशमा हवाई यात्रा गर्ने नेपालीको बीमा रकम

काठमाडौं । नेपालले आजदेखि मन्ट्रियाल महासन्धि लागू गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने नेपाली वायुसेवा कम्पनीहरुले शनिबारदेखि यात्रुको बीमा रकम वृद्धि गर्नुपर्ने भएको छ । यसअघि अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने कम्पनीहरुले यात्रुलाई २० हजार अमेरिकी डलर बराबरको बीमा सुविधा प्रदान गर्दै आएका थिए । आजदेखि यात्रुको बीमांक रकम १ लाख ६९ हजार अमेरिकी […]