Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

प्रधानमन्त्री कार्कीको क्याबिनेटमा चार नयाँ अनुहार

प्रधानमन्त्री कार्कीको क्याबिनेटमा चार नयाँ अनुहार

काठमाडाैं, ९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनको डेढ महिनापछि मन्त्रीपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री थपेकी छिन्। आइतबार बिहान सम्पन्न निर्णय अनुसार नयाँ मन्त्रीहरूले आजै बालुवाटारमा शपथ ग्रहण गर्ने तयारी भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको सूचीमा गणपति लाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनार रहेका छन्। मन्त्रीहरू बालुवाटारमा शपथका लागि पुगेको बताइएको छ।

पोर्टफोलियो अनुसार,

  • गणपति लाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
  • सुधा गौतम – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,
  • बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्रालय, र
  • खगेन्द्र सुनार – श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

योसँगै प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। प्रधानमन्त्री कार्कीले पछिल्लो चरणमा सरकारलाई पूर्णता दिने र विकास तथा सेवा प्रवाहलाई तीव्रता दिने उद्देश्यले नयाँ मन्त्रीहरू नियुक्त गरेको स्रोतले जनाएको छ।

सरकार विस्तारसँगै क्याबिनेटको आकार २२ सदस्यमा पुगेको छ। नयाँ मन्त्रीहरूको जिम्मेवारीसहित आगामी मन्त्रिपरिषद् बैठकबाट नीति कार्यान्वयनमा तीव्रता आउने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *