टंक निधि दाहाल सोल्टी होटलका नयाँ संचालक नियुक्त
काठमाडाैं, १२ कार्तिक । सोल्टी होटल लिमिटेडको संचालकमा टंक निधि दाहाल मनोनयन भएका छन्। उनी नेपाल वायु सेवा निगमको प्रतिनिधित्व गर्दै होटलको संचालक समितिमा नियुक्त भएका हुन्।
यसअघि निगमको तर्फबाट युवराज अधिकारीले प्रतिनिधित्व गर्दै आएका थिए।
नवनियुक्त संचालक दाहाललाई कात्तिक ११ गते बसेको संचालक समितिको बैठकले संस्थागत सेयरधनीको तर्फबाट औपचारिक रूपमा नियुक्ति गरेको हो।
टंक निधि दाहाल हाल नेपाल वायु सेवा निगमको मार्केटिङ विभागका निर्देशक समेत रहेका छन्।



