Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मेरुदण्ड पक्षघात भइ अपाङग भएकाहरुलाई व्हील चियर वितरण

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मेरुदण्ड पक्षघात भइ अपाङग भएकाहरुलाई व्हील चियर वितरण

काठमाडौं,१ असोज । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले मेरुदण्डको पक्षघात भइ अपाङग भएकाहरुलाई व्हील चियर वितरण गरेको छ । काभ्रेको सांगा स्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा व्हील चियर हस्तान्तरण गरेका हुन ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसस्था तथा देशका विभिन्न कला, सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको जनाएको छ ।
व्हील चियर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि नेपाल इन्भेष्टमेण्ट बैंक सदैब तयार रहेको बताए । त्यस्तै स्पाइनल इन्जुरी पुर्नस्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भइ अपांग हुन पुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिड्डुल गर्न असक्षम भएको बताउदै वार्षिक रुपमा आवश्यक पर्ने ३ सय वटा व्हील चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थावाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *