Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

सेयर बजार २६०० विन्दुमा, हिमालयन बैंकको प्रोमोटर सेयरले उचाल्यो कारोबार

सेयर बजार २६०० विन्दुमा, हिमालयन बैंकको प्रोमोटर सेयरले उचाल्यो कारोबार

काठमाडौँ, १३ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साह छाएको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३४.२२ अङ्कले बढेको हो ।

यो सँगै परिसूचक २६००.३८ विन्दुमा पुगेको छ । बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ ।

बजारमा आज २१६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

म्युचुअलफ फण्ड बाहेक बजारका सबै समूहको सूचक बढेको छ । हाइड्रोपावर क्षेत्रमा सबैभन्दा धेरै २ प्रतिशत माथिको वृद्धि भएको छ ।

बजारमा आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत र सुपर मादी हाइड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । एनअईबीएल स्ट्याबल फण्ड आज ५.७० प्रतिशत सहित सबैभन्दा धेरै घट्ने स्क्रिप बनेको छ ।

कारोबारका आधारमा आज हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ । राधी जलविद्युत् र नेपाल पुनर्बीमा कम्पनी ३० करोडभन्दा माथिको कारोबार सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *