Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

काठमाडौं, १३ कात्तिक। प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *