नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त ग¥यो डबल ए माइनस क्रेडिट रेटिङ
काठमाडा, १३ कार्तिकैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ ।
सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा बढी हिस्सा कायम राख्दै सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ । यही बजार नेतृत्व, ठूलो एजेन्सी सञ्जाल, अनुभवी व्यवस्थापन र संचालन दक्षताले कम्पनीको वित्तीय स्थायित्व मजबुद भएको इक्रा नेपालले जनाएको छ ।
कम्पनीको दाबी भुक्तानी क्षमतासूचक सोल्भेन्सी रेसियो २०२४ को मध्य जुलाईसम्म १४५ प्रतिशत रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो ।
त्यस्तै, २०२४ मा कम्पनीले २१ अर्ब २९ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । जुन ठूला लगानी पोर्टफोलियो र स्थिर प्रतिफलका कारण सम्भव भएको इक्रा नेपालको विश्लेषणमा उल्लेख छ ।
लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा राखिएकाले जोखिम न्यून देखिएको छ तर ब्याजदर घट्दै जाँदा प्रतिफल घट्ने जोखिम भने कायम रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।
बढ्दो प्रतिस्पर्धा, बीमा नवीकरण दरमा आएको गिरावट तथा नियामकीय परिवर्तनहरू कम्पनीका लागि चुनौतीका रूपमा देखिएका छन् । सन् २०२३ मा ८९ प्रतिशत रहेको पोलिसी नवीकरण दर सन् २०२४ मा ६२ प्रतिशतमा झरेर सीमित भएको तथ्याङ्कले बजार प्रतिस्पर्धाको दबाब प्रस्ट पार्छ ।
साथै, भविष्यमा लागू हुने अन्र्तराष्ट्रिय वित्त प्रतिबेदन मापदण्ड १७ लेखापरीक्षण मापदण्ड र बोनस सम्बन्धी मार्गनिर्देशनहरूका कारण कम्पनीको नाफा तथा वित्तीय सूचकहरूमा प्रभाव पर्न सक्ने सम्भावना आइक्रा नेपालले औंल्याएको छ ।
आगामी दिनमा नेपाल लाइफ इन्स्योरेनसले बढ्दो कोष र लगानी संरचनाबाट पर्याप्त तथा स्थिर प्रतिफल सुनिश्चित गर्न सक्ने क्षमता तथा सोल्भेन्सी स्थितिलाई मजबुद राख्ने परिणाम नै कम्पनीको रेटिङको प्रमुख निर्णायक कारक रहने उल्लेख गरिएको छ ।



