Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा

ललितपूर, २८ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले हस्तकला व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भुमिका खेलेको बताए । हस्तकला व्यवसायी महासंघले आईतवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको उनको भनाइ छ । उनले मुलुकको अर्थतन्त्रमा समेत हस्तकलाको महत्वपूर्ण योगदान रहेको बताए । आफूले भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उहाँले कला, पर्यटन र उद्योगलाई जोड्दै मुलुकलाई समृद्धितर्फ डो¥याउन लागिपर्ने विश्वास व्यक्त गरे ।

मन्त्रि सिन्हाले भने, ‘देशको पहिचान जसले बचाएर राख्नुभएको छ । निर्यात तथा आन्तरिक व्यापार गरेर करिब करिव ५० अर्ब बराबरको कारोबार समेत हस्तकला व्यवसायीहरुले गर्नुभएको छ । मैले आज मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेको छु । नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकलाको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको छ । हस्तकला व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै निकासी व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । आज सम्मान पाउने सम्पूर्ण व्यवसायीहरुको सीप र ज्ञानको म कायल रहेको छु ।’

त्यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले वर्तमान विषम राजनीतिक परिस्थितिमा देखा परेका चूनौतीलाई निराशा पछिका आशाका किरणमा पविर्तन गरी सरकार र नीजि क्षेत्रले हातेमालो गरेर धैर्यता र संयमताका साथ अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा हस्तकलाका विभिन्न विधामा योगदान गरी ७० वर्ष उमेर पुरा भएका१७ जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघ र एनएमबी बैंकबीच द्धीपक्षीय समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *