Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु

पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु

काठमाडौं, २८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताएका छन् । आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत प्रतिवद्धता जनाए । कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उनको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पारे ।

मन्त्री सिन्हाले भने,‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरुको हितमा हुनेगरी काम गर्छु । हिमाली क्षेत्रहरुमा भएका जुन फोहोरहरु हुन्छ । ती फोहोरहरु यति जम्मा भएर बसेका थिए । त्यसबारे अदालतले पनि एक पटक आदेश जारी गरेको छ । त्यो आदेशको पालना गर्नका निमित्त जुन कार्यनीति उहाँहरुले बनाउनुभएको छ । त्यसैलाई अहिले स्वीकृति गरेको हुँ ।’

त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरु व्यवस्थापन गर्ने सम्बन्धि पहिलो निर्णय पनि गरे । अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *