Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

एनपिएल सिजन–२ मा ओमोडा एन्ड जेइकोको साथ, उत्कृष्ट खेलाडीलाई कार पुरस्कार

एनपिएल सिजन–२ मा ओमोडा एन्ड जेइकोको साथ, उत्कृष्ट खेलाडीलाई कार पुरस्कार

काठमाडाैं, १८ कार्तिक । नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ सिजन–२ मा ओमोडा एन्ड जेइको ‘ड्रिभन बाइ पार्टनर’का रूपमा सहभागी हुने भएको छ। नेपाली खेल समुदायसँगको सम्बन्धलाई थप गहिरो बनाउने उद्देश्यसहित कम्पनीले यस पटक पनि एनपिएलसँग सहकार्य गरेको हो।

यस सहकार्यअन्तर्गत ओमोडा एन्ड जेइकोले एनपिएल सिजन–२ का “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ। कम्पनीले यसअघि एनपिएल सिजन–१ मा पनि यही भूमिकामा साझेदारी गरेको थियो।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगबीचको साझेदारी ‘उत्कृष्ट प्रदर्शन, लगाव र नवप्रवर्तन’प्रतिको साझा दृष्टिकोणमा आधारित रहेको विज्ञप्तिमा उल्लेख छ। एनपिएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलकुदप्रति जोश र गौरव बढाउने कार्य गर्दै आएको पनि भनिएको छ।

एसपिजि अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडाका अनुसार, “ओमोडा एन्ड जेइको उत्साह, प्रदर्शन र उत्कृष्टताको प्रतीक हो, जुन नेपाली क्रिकेट र क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा मेल खान्छ। यस साझेदारीमार्फत हामी नेपाली युवाहरूलाई खेलकुदमा सक्रिय हुन प्रेरित गर्न चाहन्छौं,” उनले बताए।

‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले एनपिएल सिजन–२ मा विभिन्न फ्यान इन्गेजमेन्ट जोन, विशेष गाडी प्रदर्शन र रोचक ब्रान्ड गतिविधिहरूका माध्यमबाट दर्शकहरूको अनुभवलाई अझ मनोरञ्जनपूर्ण बनाउने तयारी गरेको छ।

यस सहकार्यको मुख्य आकर्षण भनेकै — मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमोडा एन्ड जेइकोको प्रिमियम कार प्रदान गरिनु हुनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *