Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्राइमलाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच बैंकासोरेन्स सम्झौता

काठमाडौं, ०२ असोज । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे । उक्त सम्झौता भएपश्चात प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

हाल प्राइमलाइफ इन्स्योरेन्स को चुक्ता पूंजी१ अर्व ७८ करोड रुपैयाँ, जिवन बीमाकोषमा ६ अर्व ५३ करोड रुपैयाँ, कुल प्रिमियम १२ अर्व १९ करोड रुपैयाँ तथा देशभरका १३५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x