२.४१ अंकले बढ्यो सेयर बजार
काठमाडौं, ०२ असोज । कारोबार समयभरि उतारचढाव देखिएको सेयर बजार सामान्य सुधारसँगै बन्द भएको छ ।
बजार आज २.४१ अंकले बढेर बन्द भएको छ । बजारमा सुधारसँगै परिसूचक १२५८.८१ विन्दुमा पुगेको छ । अन्य सूचकहरुमा सुधार देखिएपनि बैंकिङ्ग , होटल र फाइनान्स भने घटेको छ । क्रमश २.१३, २५.९३ र १.८५ अंकले घटेका छन् ।
आज निर्जीवन बिमा कम्पनी सबैभन्दा बढि ७३.९५ १२ अंकले बढेको छ भने हाइड्रोपावर ४२. १२, विकास बैंक १.७१, उत्पादनमूलक समुह ८.१२, अन्य २.४२, लघुवित्त ९.४५र बिमा समुह १९.६१ अंकले बढेको छ ।
आज १६९ कम्पनीहरुको १५ लाख ५९ हजार ४ सय २ कित्ता सेयर ४६ करोड ६९ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको छ ।