निर्माण व्यवसायी चुनावमा, अध्यक्षमा ४ जना प्रत्यासी
काठमाडौं, ४ असोज । नेपाल निमार्ण व्यवसायी महासंघको २० औं बार्षिक साधारण सभा काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ । उक्त साधारण सभाले महासंघको आगामी नेतृत्व चयन गर्ने छ ।
नयाँ नेतृत्वका लागि वर्तमान महासचिव रामशरण देउजा, महासंघका सल्लाहाकार यक्षध्वज कार्की, अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित हुमनाथ कोइराला र व्यवसायी रविसिंह पुनको नाम चर्चामा छ । साधारण सभा असोज ६ गतेसम्म चल्ने छ ।