Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पर्यटक आगमन १८.२ प्रतिशतले बढ्यो

पर्यटक आगमन १८.२ प्रतिशतले बढ्यो

काठमाडौं, ४ असोज । सन् २०१८ मा नेपालमा पर्यटकहरुको आगमन उल्लेख्य बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार, जनवरीदेखि अगस्ट महिनासम्म कुल ६ लाख ८० हजार नौ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो । पछिल्लो महिना अगस्टमा मात्रै ८७ हजार छ सय ७९ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

अगस्ट महिनाको तथ्यांक अनुसार, सबैभन्दा बढी पर्यटकहरु भारत, श्रीलंका, चीन, अमेरिका, बेलायतबाट सबैभन्दा बढी पर्यटक आएको देखिन्छ । भारतबाट कुल १९,२९५, श्रीलंकाबाट १६,८७८, चीनबाट १२,०४८, अमेरिकाबाट ४,६२८ तथा बेलायतबाट ३,६१९ पर्यटक नेपाल भित्रिएका छन् ।
गत वर्षको तुलनामा पर्यटकको आगमन उल्लेख्य बढेकाले पर्यटकीय सिजन (अगस्टदेखि अक्टोबर) का बाँकी दुई महिनामा नेपाल भित्रने पर्यटकले यो वर्ष सहजै १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x