मलेसियामा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन निर्देशन

काठमाडौं, ४ असोज । विषाक्त मदिरा सेवन गरेका कारण मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउने व्यवस्था मिलाउन सरकारले मलेसियास्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शव यथाशक्य नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन । त्यस्तै बिरामी अवस्थामा रहेका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री विष्टले दुतावासलाई निर्देशन दिएका छन् ।
विषाक्त मदिरा सेवन गरेका १६ जना विरामी भएका थिए । त्यसमध्ये ६ जनाको ज्यान गएको छ ।