पूर्व क्षेत्रीय समितिको नयाँ कार्यसमिति निलकण्ठ ढकालको नेतृत्वमा चयन
काठमाडाैं, ३० कार्तिक । नेपाल वितरक संघ काठमाडौं पूर्व क्षेत्रीय समितिको चौथो अधिवेशन २०८२ ले निलकण्ठ ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। अधिवेशन शनिबार सम्पन्न भएको थियो।
कार्यसमितिमा उपसंयोजकमा प्रविण कुमार कर्माचार्य, सचिवमा सुबोध कुमार झा, र सदस्यहरूमा शिव कुमार चौलागाईं, हरिशरण मैनाली, श्याम शर्मा, प्रभात नायक, पारश मणि आचार्य, राजन निरौला, पुरुषोत्तम दाहाल, जय आचार्य, अमृता सिंह र सुजन लामिछाने चयन भएका छन्।
अधिवेशनले वस्तुगत उप समिति–२०८२ पनि सर्वसम्मत चयन गरेको छ।
-
खाद्य वस्तुगत उपसमिति: संयोजक श्याम शर्मा, सदस्यहरू कमल गौतम, सन्तोष सुवेदी, अशोक गुप्ता, मणि फुँयाल, अभिनय ढुङ्गाना, उज्ज्वल घिमिरे
-
कस्मेटिक तथा अखाद्य किराना उपसमिति: संयोजक हरिशरण मैनाली, सदस्यहरू विदुर आचार्य, विनोद दाहाल, श्याम गिरि, विष्णु कँडेल, किरण भट्टराई, राजु बस्याल, राज कुमार कँडेल, इस्रत अन्सारी, दिनेश नेपाल, तुलसी खतिवडा
-
हल्का पेय पदार्थ तथा मदिराजन्य उपसमिति: संयोजक शिव कुमार चौलागाईँ, सदस्यहरू अच्युत उप्रेती, लेखनाथ थपलिया, देव नारायण चौलागाईँ, प्रविण श्रेष्ठ
सल्लाहकार समिति संयोजकमा विश्वमणि रेग्मी, सदस्यहरू रमेश नेमाफुकी र कमल बराल चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै संघका अध्यक्ष प्रेमहरि मैनालीले एकताबद्ध वितरक संघ निर्माण गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सदस्यको मूलभूत आवश्यकता पूर्ति, क्षमता विकास, तालिम सुविधा, र सामूहिक दुर्घटना बीमामा सहभागी हुन आग्रह गरे।
पूर्व अध्यक्षहरू दुर्गाराज श्रेष्ठ, राजेन्द्र सिंखडा, एसपी ढकाल, वरिष्ठ उपाध्यक्ष नवराज ढकाल, उपाध्यक्ष केशव प्रसाद मैनाली लगायतले पारदर्शी र व्यवस्थित कारोबारमा लाग्न र सदस्यको हकहितमा सदैव सक्रिय रहन शुभकामना दिएका छन्।
यस अधिवेशनले संघको सशक्त नेतृत्व, सदस्य हितमा काम गर्ने प्रतिबद्धता र व्यवस्थित सञ्चालन सुनिश्चित गरेको जनाएको छ।



