Date

सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

जीवन बीमाको नाफा हल्का माथि, तीन कम्पनी भने कडा गिरावटमा

जीवन बीमाको नाफा हल्का माथि, तीन कम्पनी भने कडा गिरावटमा

काठमाडाैं, १ मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको नाफामा सामान्य सुधार देखिएको छ। निर्जीवन बीमा क्षेत्रका अधिकांश कम्पनीहरू घाटामा गुज्रिरहेका बेला जीवन बीमाले भने साढे २ प्रतिशत नाफा बढाउन सफल भएका छन्।

हाल सञ्चालनमा रहेका १४ ठूला जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कुल १ अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत वर्षको सोही अवधिको १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफाभन्दा २.५१ प्रतिशत उच्च हो।

यस अवधिमा बीमा व्यवसायमा उल्लेखनीय वृद्धि देखिएको छ। जीवन बीमा कम्पनीहरूको व्यापार १९.८३ प्रतिशत बढेर ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन पुगेको छ। गत वर्षको सोही अवधिमा यो ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ थियो।

सर्वाधिक नाफा गर्ने शीर्ष कम्पनीहरू

  • १. सर्वाधिक नाफा: एशियन लाइफ – २५ करोड ८५ लाख रुपैयाँ, नाफा वृद्धि २९.६५%

  • २. सन नेपाल लाइफ – २३ करोड ९२ लाख रुपैयाँ, नाफा वृद्धि ४४.०२%

  • ३. नेपाल लाइफ – २१ करोड ५५ लाख रुपैयाँ, नाफा वृद्धि ४.९४%

नाफा वृद्धिदरका आधारमा भने सन नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको एलआईसी नेपालले ३७.४७ प्रतिशत नाफा वृद्धि गरेको छ।

नाफा बढेका अन्य कम्पनी

  • एशियन लाइफ: १४.७०%

  • सानिमा रिलायन्स: १४.७०%

  • सूर्यज्योति लाइफ: ११%

  • आइएमई लाइफ: ९.१७%

  • नेशनल लाइफ: १.८१%

तीन कम्पनीको नाफामा ठूलो गिरावट

समीक्षा अवधिमा तीन जीवन बीमा कम्पनीको नाफा उल्लेखनीय रूपमा खस्किएको छ—

  • हिमालयन लाइफ – ४९.६५% गिरावट

  • प्रभु महालक्ष्मी – ४९.४८% गिरावट

  • राष्ट्रिय जीवन बीमा – ४६.५४% गिरावट

सार्विक रूपमा हेर्दा जीवन बीमा क्षेत्रले व्यावसायिक वृद्धि र नाफामा हल्का सुधार देखाए पनि केही कम्पनीहरू अझै व्यवस्थापन र व्यवसायिक चुनौतीसँग जुझिरहेको संकेत वित्तीय विवरणले देखाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *