Date

सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

माछापुच्छ्रे क्यापिटलको एसआइपी इकाई बिक्री सुरु, सर्वसाधारणलाई १.२५ करोड इकाई

माछापुच्छ्रे क्यापिटलको एसआइपी इकाई बिक्री सुरु, सर्वसाधारणलाई १.२५ करोड इकाई

काठमाडाैं, १ मंसिर । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ‘सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजना’ सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि खुला गर्ने भएको छ। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखी प्रकृतिको रहेको छ, जसमा लगानीकर्ताले आवश्यक्ताअनुसार भुक्तानी र फिर्ता दुवै गर्न सक्ने सुविधा पाउँछन्।

क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २ करोड इकाई बराबर २० करोड रुपैयाँका इकाई बिक्रीमा ल्याउने जनाएको छ।

कुल योजना आकार र इकाईको बाँडफाँड

यो योजना कुल ५ करोड इकाईको रहेको छ।

  • १४% (७० लाख इकाई) — कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि सुरक्षित

  • १% (५ लाख इकाई) — योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि

  • १ करोड २५ लाख इकाई — सर्वसाधारणका लागि खुला

आवेदन अवधि

योजनाको इकाई खरिदका लागि मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन अवधि मंसिर २८ गतेसम्म स्वचालित रूपमा खुला रहने क्यापिटलले जानकारी गराएको छ।

यो योजना खुलामुखी भएकाले लगानीकर्ताहरूले दीर्घकालीन बचत, नियमित लगानी तथा जोखिम व्यवस्थापनका लागि सहज विकल्पका रूपमा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *