शिवम सिमेन्टको १२.५०% लाभांश प्रस्ताव, साधारण सभा मंसिर २५ मा
काठमाडाैं, १ मंसिर । शिवम सिमेन्ट लिमिटेडले सेयरधनीका लागि चालू वर्षको लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक ३० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
निर्णय अनुसार, सेयरधनीले २.५० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्। बोनस र नगद मिलाएर कुल लाभांश १२.५० प्रतिशत हुने कम्पनीले जनाएको छ।
लाभांश पारित गर्ने उद्देश्यले कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यस दिनसम्म सेयरधनी दर्ता भएका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन्।



