सिटिजन्स सदाबहार योजनाको इकाई खरिद–बिक्री निरन्तर सुरु
काठमाडाैं, १ मंसिर । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सदाबहार योजनाको इकाई आज मंसिर १ देखि निरन्तर खरिद–बिक्रीका लागि उपलब्ध भएको छ। योजना प्रवद्र्धक सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
सिटिजन्स क्यापिटलका अनुसार, डिल्लीबजार स्थित कार्यालयबाट आइतबारदेखि बिहिबारसम्म बिहान ११ बजे देखि ३ बजेसम्म इकाई खरिद बिक्री गर्न सकिनेछ। शनिवार तथा सार्वजनिक विदाका दिन योजना सम्बन्धी सेवा उपलब्ध हुने छैन।
सिटिजन्स सदाबहार योजनामा गत आर्थिक वर्ष २०८२ आषाढ १३ देखि आषाढ २७ सम्म इकाई सार्वजनिक निष्काशन र बिक्री खुल्ला गरिएको थियो। निष्काशन अवधिभित्र आवश्यकभन्दा २५ प्रतिशत बढी आवेदन परेको थियो, जसले योजना प्रति लगानीकर्ताको उच्च आकर्षण देखाएको छ।
यो खुलामुखी योजना लगानीकर्ताका लागि दीर्घकालीन बचत र सुरक्षित लगानीको उत्कृष्ट विकल्पको रूपमा प्रस्तुत गरिएको छ।



