सन नेपाल लाइफको ‘वान मिलियन ट्रीज क्याम्पेन’ सुरु, हरियाली बढाउने पहल
काठमाडाैं, १ मंसिर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ।
यस सहकार्यको उद्देश्य प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्नु हो। कम्पनीले विश्वास व्यक्त गरेको छ कि यो पहल देशभरका समुदायमा सकारात्मक प्रभाव पार्नेछ।
कम्पनीका अनुसार, “‘वान मिलियन ट्रीज क्याम्पेन’ ले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्याउनेछ। एक मिलियन रूख लगाउने लक्ष्यले वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणमा महत्वपूर्ण योगदान दिनेछ। यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण प्रदान गरी दिगो जलवायु व्यवस्थापनमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।”
सन नेपाल लाइफ इन्स्योरेन्स हाल देशभर १४८ शाखा तथा उपशाखा मार्फत सेवा सुविधा प्रदान गर्दै आएको छ। कम्पनीको यो पहल सामाजिक उत्तरदायित्व र दिगो विकासतर्फको प्रतिबद्धता झल्काउने उदाहरण मानिएको छ।



