Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सुनचाँदीको मूल्य फेरि बढ्यो

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ, ३ मंसिर। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *