नबिल बैंकबाट तीन शेयरधनी बाहिरिँदै, बिक्रीमा राखे संस्थापक शेयर
काठमाडौँ, ३ मंसिर । नबिल बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिने भएका छन् । संस्थापक शेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्याल बैंकबाट बाहिरिन लागेका हुन् ।
उनीहरूले बैंकमा आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेका छन् । जीतबहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर बिक्रीमा राखेका छन् भने जश श्रेष्ठले २५ हजार कित्ता र जिज्ञासा अर्यालले ५० हजार कित्ता शेयर बिक्रीमा राखेका छन् ।
जीतबहादुर र जिज्ञासाले बिक्रीमा राखेको शेयरको मूल्य तोकिएको छैन । तर, जश श्रेष्ठले आफ्नो स्वामित्वको शेयरको मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकेका छन् ।
यो शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । संस्थापक शेयरधनीहरुबाट शेयर किन्नका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया थालिने बैंकले जनाएको छ ।



