Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

कुल राजस्वमा सीजीको २.३ प्रतिशत योगदान, एकै वर्ष तिर्‍यो २८ अर्ब ५९ करोड कर

कुल राजस्वमा सीजीको २.३ प्रतिशत योगदान, एकै वर्ष तिर्‍यो २८ अर्ब ५९ करोड कर

काठमाडौं, ३ मंसिर । सिजी समूहले एक वर्षमा २८ अर्ब भन्दा बढि कर तिरेको छ । सिजीले गत वर्ष २८ अर्ब ५९ करोड कर तिरेको समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरी जानकारी दिएका हन् ।

चौधरीका अनुसार सिजी समूहले गत आर्थिक वर्षमा तिरेको कर कुल राजस्वमा करिब २.३ प्रतिशत योगदान दिएको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुद गर्न पाउँदा गर्व महसुश भएको उनले बताए ।

अर्थमन्त्री रामेश्वर खनालसंग भेट गर्दै समूहले देशको कर प्रणालीमा पुर्‍याउँदै आएको योगदानलाई विशेष रूपमा प्रस्तुत गरेका छन्।

‘ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ योगदान दियो। चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व गर्छु ।’

करदातालाई ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरि सम्मान गर्ने व्यवस्था नभए पनि सिजीको योगदानलाई अर्थमन्त्रीले विशेषरूपमा उल्लेख गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *