मोरङमा भारतीय नागरिकको दर्ता–नवीकरण क्याम्प सुरु
काठमाडाैं, ७ मंसिर । मंसिर ६ गते मोरङ उद्योग व्यापार संघको प्राङ्गणमा भारतीय नागरिकहरूको दर्ता तथा नवीकरण क्याम्प सुरु भएको छ। क्याम्प दुई दिनसम्म सञ्चालन हुनेछ र मंसिर ६ गतेदेखि मंसिर ७ गतेसम्म जारी रहनेछ।
क्याम्पको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका प्रतिनिधि आर.पी. सिंहले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गर्दै गरेका छन्। पहिलो दिनमै यस भेगका अधिकांश भारतीय नागरिकहरूको दर्ता तथा नवीकरण कार्य सम्पन्न भएको छ भने भोलि पनि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म निरन्तर सेवा प्रदान गरिनेछ।
कार्यक्रमलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले मोरङ उद्योग व्यापार संघले समन्वय र प्राविधिक सहजीकरण गरेको छ। यस अभियानमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको समन्वयात्मक भूमिका रहँदा, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सचिवालयका कर्मचारीहरूको सक्रीय सहयोग पनि रहेको छ।
क्याम्पको आयोजना भारतीय नागरिकहरूलाई दर्ता–नवीकरण प्रक्रियामा सजिलो पहुँच र समयमै सेवा सुनिश्चित गर्ने दिशामा महत्वपुर्ण कदम मानिएको छ।



