Date

बुध, मंसिर १०, २०८२
Wed, November 26, 2025

केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडाैं, १० मंसिर । वित्तीय प्रणालीमा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आज ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ। निक्षेप संकलन ४२ दिनको अवधिका लागि हुनेछ।

केन्द्रीय बैंकका अनुसार, अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो २ बजे बोलकबोल गरिनेछ। इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको भागमा आवेदन दिन सक्नेछन्, बाँकी रकम कुल आह्वान रकम अनुसार बाँडिनेछ।

निक्षेप संकलनको परिपक्वता र सावाँ ब्याज भुक्तानी पुस २३ गते हुनेछ। बोलकबोल ब्याजदर वा बहुब्याजदरमा गर्न सकिने व्यवस्था रहेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *