Date

बुध, मंसिर १०, २०८२
Wed, November 26, 2025

कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्यायो

कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्यायो

काठमाडाैं, १० मंसिर । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीको घोषणा गरेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख २ हजार भन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बिक्रीमा ल्याइएका सेयरमा केवल विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद आवेदन दिन सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेअनुसार हुनेछ। यस कदमले संस्थापक शेयरधनीहरूको लगानी व्यवस्थापनमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *